Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर 

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर 

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एक सय कर्मचारी माग गरेको हो ।

बैंकले सबैभन्दा धेरै कनिष्ठ सहायक पदका लागि ६० कर्मचारी माग गरेको छ भने व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । 

त्यसैगरी, बैंकले तालिम स्तरीकण अधिकृतका लागि ३ जना, कर्जा अधिकृत (कृषि ÷लघुवित्त÷परियोजना) लागि २ जना कर्मचारीको लागि आवेदन खुला गरेको छ । 

व्यवस्थापकीय श्रेणीतर्फ प्रमुख वित्त अधिकृत, प्रमुख व्यवसाय अधिकृत र व्यवसाय विकास प्रमुखका लाइ एकरएक जनाको आवेलन खुलाएको छ भने आन्तरिक लेख परीक्षण प्रमुख र कानुन अधिकृतका लागि एकरएक जना माग गरेको छ ।

इच्छुकले आवेदकले पुस २५ गतेभित्र आवेदन गरिसक्नु पर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने छ । आलाइनबाट आवेलदन पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ । 

 

 

Advertisment

थप समाचार