Below Menu
Below Menu

बीमा पोलिसी सरेण्डर २५ प्रतिशतमा नबढ्ने गरी फिर्ता गर्न प्राधिकरणलाई निर्देशन

बीमा पोलिसी सरेण्डर २५ प्रतिशतमा नबढ्ने गरी फिर्ता गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं : तीन वर्षभित्रै सरेन्डर भएका बीमितहरुको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क (२५ प्रतिशतमा नबढ्ने गरी) लिई बाँकी रकम सम्बन्धित बीमितहरुलाई फिर्ता गराउन लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ ।

आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकले समर्पण मूल्यको रुपमा तीन महिनाभित्र सम्बन्धित बीमितको खातामा जम्मा गरी समितिलाई जानकारी गर्न/गराउन प्राधिकरणलाई निर्देशन दिएको हो ।

हाल सर्वसाधारणहरुले बीमाको प्रीमियम नियमित रुपमा तिर्न नसकी बीमा छोडेको अवस्थामा समर्पण मूल्य पनि प्राप्त गर्न सकेका छैनन् । प्रीमियम रकम तिर्न नसकेर बीमा सरेण्डर गर्नेको संख्या अधिक छ ।

सरेन्डर बीमा वापतको रकमबाट राज्यले पनि लाभ प्राप्त नगरिरहेकोले र बीमितको हकहित पनि संरक्षण हुन नसकेको ठहर गर्दै समितिले प्राधिकरणलाई उक्त निर्देशन दिएको हो ।
 

Advertisment

थप समाचार