काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहिबार ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले हिमालयन डिष्ट्रिलरी, साना किसान लघुवित्त, घोराही सिमेन्ट, सर्पोट लुघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत्त कम्पनीको शेयरमूल्य समयोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार हिमालयन डिष्ट्रिलरी लिमिटेडको १० प्रतिशत बोनसपछिको मूल्य १७२७ दशमलव ४५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार १८९८ रुपैयाँमा भएको थियो ।
साना किसान लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशत बोनसपछिको मूल्य ८८८ दशमलव ३२ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार १०१४ दशमलव ९० रुपैयाँमा भएको थियो ।
घोराही सिमेन्टको १५ प्रतिशत बोनसपछिको शेयरमूल्य ५०२ दशमलव ६१ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५७८ रुपैयाँमा भएको थियो ।
त्यसैगरी सर्पोट लुघुवित्त वित्तीय संस्थाको १३ प्रतिशत बोनसपछिको मूल्य ९५५ दशमलव ७५ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार १०८० रुपैयाँमा भएको थियो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनसपछिको शेयरमूल्य १६५९ दशमलव ०९ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १८२५ रुपैयाँमा भएको थियो ।
त्यसैगरी राधी विद्युत्त कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको शेयरमूल्य २२८ दशमलव ६४ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार २३९ दशमलव ५० रुपैयाँमा भएको थियो ।