Below Menu
Below Menu

नेफ्स्कूनका सञ्चालकलाई प्रति बैठक ३२ हजारसम्म भत्ता

नेफ्स्कूनका सञ्चालकलाई प्रति बैठक ३२ हजारसम्म भत्ता

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक समिति र लेखा सुवरीवेक्षण समितिका सदस्यहरुले नियमित बैठकमा कति भत्ता बुझ्छन्? यो सबैका लागि चासोको विषय हो । बचत तथा ऋण सहकारीहरुको एक मात्र शिर्ष संघ भएका कारण सबैको चासो हुनु पनि स्वभाविक नै हो ।

नेफ्स्कूनले सञ्चालक समिति, लेखा सुवरीवेक्षण समिति र विभिन्न उपसमितिहरुलाई बैठक भत्ता, आते/जाते, आवास, सञ्चार वापत रकम प्रदान गर्दै आएको छ । समितिका सम्पूर्ण सदस्यहरु स्वयंसेवी हुन् । संघले सेवा/सुविधा निर्देशिका, २०७७ (संशोधन) अनुसार भत्ता प्रदान गर्ने गर्दछ ।

समितिका सदस्यहरुलाई नेफ्स्कूनले भुगोल अनुसार प्रतिनिधित्व गर्ने व्यक्तीलाई भत्ता वितरण गर्ने नीतिगत व्यवस्था छ । काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्नेलाई प्रति बैठक रु १० हजार, झापाबाट प्रतिनिधित्व गर्नेलाई रु २६ हजार, मोरङबाट प्रतिनिधित्व गर्नेलाई रु २५ हजार २ सय, सर्लाहीबाट प्रतिनिधित्व गर्नेलाई रु २२ हजार ६ सय, पर्सा रु २१ हजार ५ सय, चितवन रु २२ हजार, रुपन्देही रु २३ हजार, नवलपरासी रु २५ हजार, बर्दिया रु २८ हजार, कञ्चनपुर रु ३२ हजार, सुर्खेत रु ३० हजार, पोखरा रु २२ हजार, बागलुङ रु २६ हजार, दोलखा रु २२ हजार रुपैयाँ भत्ता प्रदान गर्दै आएको छ ।

यसका साथै मोबाइलमा रिर्जाज बापत प्रति महिना अध्यक्षको लागि रु ३ हजार, पदाधिकारी र लेखा समिति संयोजकलाई रु २ हजार ५ सय, सञ्चालक र लेखा सदस्यलाई रु २ हजार प्रदान गर्दै आएको छ । त्यस्तै उपसमिति एवं कार्यदलहरुको बैठक भत्ता रु २ हजार रुपैयाँ रहेको छ ।

तर, सञ्चालक समितिको हकमा वार्षिक ९ पटक र लेखा समितिको हकमा वार्षिक ४ पकटभन्दा बढी नहुनेगरी भत्ता प्रदान गर्ने नीतिगत व्यवस्था नेफ्स्कूनले गरेको छ ।

Advertisment

थप समाचार