काठमाडौं : विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनका लागि भोलि अर्थात पुस १७ गते कम्पनीहरुले बुक क्लोज गर्दै छन् ।
गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सुपरमादी हाइड्रोपावर, छिमेक लघुवित्त, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाले भोलीे बुकक्लोज गर्न लागेका हुन् । जस अनुसार आजसम्म कायम भएक शेयरधनीहरुले मात्र उक्त कम्पनीको साधारण सभामा सहभागिता हुन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २९ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बिहान ११ बजे १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंकले पुस २६ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे१ ६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको २ प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते साधारणसभा बोलाएको छ । सो सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
त्यस्तै, छिमेक लघुवित्तले पुस २९ गते, आइतबार, होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे २२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते बुधबार साधारण सभा बोलाएको हो । कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ ।
Advertisment