काठमाडौं : नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत जारी गरेको दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा पोलिसी आजदेखि लागु भएका छन् ।
प्राधिकरणका अनुसार आजदेखि लागुभएका बीमालेखमा बीमित किसानले उक्त बीमालेख अन्तर्गत आगलागी, वर्षात, हावाहुरी, खडेरी, तुषारो, पहिरो, भूकम्प, रोग वा किरा, चट्याङ, जंगली जनावरको अतिक्रमणबाट हुने क्षतिविरुद्ध क्षति पाउने प्रावधान छ ।
कृषि बीमाको दायरा विस्तार गर्ने उद्देश्यका साथ थप तीन खेतीको बीमा गर्ने व्यवस्था मिलाइएको प्राधिरकणले जनाएको छ । नयाँ बीमालेख जारी भएसँगै दाल, आँप र ओखर खेती गर्दै आएका किसान तथा व्यवसायीलाई बीमा गर्न बाटो खुलेको छ ।
ओखर खेती बीमालेख
प्राधिकरणका अनुसार ओखर खेती बीमालेखअन्तर्गत आगलागीदेखि जङ्गली जनावरबाट हुने क्षतिसम्मको जोखिम व्यहोर्ने सुविधा समेटिएको छ ।
ओखर खेतीको बीमालेखमा लागत र उत्पादनका आधारमा बीमाङ्क र बीमाशुल्क रकम निर्धारणको विधि तय गरिएको छ । प्राधिकरणका अनुसार ओखरको बोटको लागतमा आधारित रहेर बीमाङ्क निर्धारण गर्दा किसानले निर्धारित बीमाङ्कको ५ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।

यसैगरी उत्पादन मूल्यको आधारमा बीमाङ्क निर्धारण गर्दा बीमाङ्कको ७ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।
प्राधिकरणले बिजु विरुवाको हकमा सात वर्षसम्म लागतको आधारमा मात्र बीमाङ्क निर्धारण गर्न पाइने प्रावधान ल्याएको छ ।
सात वर्षको अवधि पुरा भएपछि लागत, उत्पादन मूल्य वा दुबैको सम्मिश्रण विधिबाट बीमाङ्क निर्धारण गर्न सकिनेछ ।
यसैगरी यो बीमामा समेत २ लाख रुपैयाँ बीमाङ्कको किसानको दुर्घटना बीमा अनिवार्य गरिएको छ ।
बीमाङ्कको आधारमा बीमाशुल्क रकम ५ र ७ प्रतिशत निर्धारण गरिए पनि यो रकममा नेपाल सरकारको तर्फबाट ८० प्रतिशत अनुदान सहयोग प्रदान गरिने भएकाले किसानले व्यहोर्नुपर्ने भार बीमाङ्क रकमको क्रमशः १ प्रतिशत र १.४४ प्रतिशत रकम बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।
यो बाहेक दुर्घटना बीमाका लागि अतिरिक्त ५ सय रुपैयाँ किसानले नै भुक्तानी दिनुपर्नेछ। प्राधिकरणले प्रतिबोट उत्पादन लागत खर्च २ हजार १४४ रुपैयाँदेखि ४ हजार ३ सय कायम गरेको छ ।
यसैगरी उत्पादन लागतका आधारमा बीमाङ्क रकम तय गर्दा किसानले खेतमा पाउने मूल्यलाई आधार मान्नुपर्ने नियम बनाएको छ । यसका लागि ओखरको बोटको उमेरको आधारमा प्रति बोट ५ केजी देखि ११० केजी सम्म उत्पादन हुने अनुमान गरेको छ ।
आँप खेती बीमालेख
आँप खेतीको बीमालेख जारी गर्दा लागत र उत्पादनका आधारमा बीमाङ्क र बीमाशुल्क रकम निर्धारणको विधि तय गरिएको छ । प्राधिकरणका अनुसार आँप बोटको लागतमा आधारित रहेर बीमाङ्क निर्धारण गर्दा किसानले निर्धारित बीमाङ्कको ५ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।
यसैगरी उत्पादन मूल्यको आधारमा बीमाङ्क निर्धारण गर्दा बीमाङ्कको ७ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।
यस बीमामा दुर्घटना बीमा वापत बीमाशुल्क प्रति बीमित पाँच सय रुपैयाँ लागने छ ।
प्राधिकरणका अनुसार नयाँ बगैचाको विरुवाको हकमा रोपेको तीन महिनापछि बीमा गर्नुपर्नेछ भने पुरानो बगैचाको हकमा असोजदेखि पुस मसान्तसम्म बीमा गरेको हुनुपर्नेछ ।
दलहन (दाल) को बीमालेख
दलहन बालीको बीमालेख जारी गर्दा उत्पादनका आधारमा बीमाङ्क र बीमाशुल्क रकम निर्धारणको विधि तय गरिएको छ । प्राधिकरणका अनुसार मुङ्ग, मास र गहत बालीको हकमा रहेर बीमाङ्क निर्धारण गर्दा किसानले निर्धारित बीमाङ्कको ३ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।
त्यसैगरी, चना, मसुरो, केराउ, बोडी, सिमी, भटमास र राजमा बालीको हकमा बीमांक रकमको ४ प्रतितश र रहर बलाीको हककमा बीमांक रकमको ५ प्रतिशतका दरले भुक्तानी गर्नुपर्नेछ ।
यस बीमामा दुर्घटना बीमा वापत बीमाशुल्क प्रति बीमित पाँच सय रुपैयाँ लागने छ । प्राधिकरणका अनुसार बीउ छरकेो ३० दिन भत्र त्यसको बीउ अंकरण भएको बालीको बीमा गर्नुपर्नेछ ।
चलन चल्तीमा रहेका दलशन बालीको शकमा उक्त क्षेत्रमा कीम्तमा १० वर्षदेखि खेती गरिएको भनि सम्बन्धित कृषि हेर्ने सरकारी कार्यालय वा स्थानीय तहको शाखाले सिफारिस गरेको हुनुपर्नेछ ।
Advertisment