काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जीवन विकास लघुवित्त, युनिभर्सल पावर र कालिका पावर कम्पनीको मूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ प्रतिशत बोनसपछिको शेयरमूल्य १३२२ दशमलव २ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १५०९ दशमलव १० रुपैयाँमा भएको थियो ।
त्यस्तै, युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनसपछिको मूल्य २०१ दशमलव ७५ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार २१९ रुपैयाँमा भएको थियो ।
नेप्सेले कालिका पावरको १० प्रतिशत बोनसपछिको मूल्य ३३४ दशमलव ५५ रुपैयाँमा समायोजन गरेको छ । कम्पनीको अन्तिम कारोबार ३६८ रुपैयाँमा भएको थियो ।
Advertisment