Below Menu
Below Menu

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा अनुज अग्रवाल चयन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको  वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा अनुज अग्रवाल चयन

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पाँचौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षता सम्पन्न साधारण सभामा सञ्चालक कृष्ण नेपाल, रत्न राज बज्राचार्य, शंकर प्रसाद अधिकारी, लिमा अधिकारी आचार्य र प्रवीण सुवेदीको उपस्थिती थियो ।

सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष अग्रवालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आवको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे जानकारी गराएका थिए ।

बैंकको चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांस लगायत अन्य नियमित प्रस्तावहरु पारित गरेको छ । सभाले प्रवीण सुवेदीको सञ्चालक पदमा भएको नियुक्तिलाई अनुमोदन समेत गरेको थियो ।

साथै नेपाल सरकारबाट मनोनित १ जना सञ्चालक बाहेक संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने अन्य ३ जना सञ्चालकहरु अनुज अग्रवाल (प्रतिनिधि विशाल ग्रुप ), रत्न राज बज्राचार्य (प्रतिनिधि ग्लोबल आइएमई बैंक) र लालमणि जोशी (प्रतिनिधि इमर्जिङ्ग नेपाल) लाई आगामी ४ वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित समेत गरेको छ ।

साथै, साधारण सभा लगत्तै बसेको बैंक सञ्चालक समितिको बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा अनुज अग्रवाललाई सर्वसम्मत् चयन गरेको छ ।

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती थियो ।
 

Advertisment

थप समाचार