Below Menu
Below Menu

एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रुपैयाँ पाउने

एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रुपैयाँ पाउने

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरण स्वीकृत भई आर्थिक वर्ष २०७९÷८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीद्वारा जारी पोलिसीहरुमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम भएको छ ।

सावधिक तथा आजीवन बीमालेखमा न्युनतम प्रतिहजार ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६१ रुपैयाँ निर्धारण गरेको भने १५ देखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६४ रुपैयाँ, २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ७५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै बालबालिकाको सावधिक जीवन बीमालेखमा न्युनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यसैगरी 

सावाधिक तथा आजीवन बीमालेखको हकमा ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा प्रति हजार ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।

१० वर्ष अवधिको लागि ५० रुपैयाँ, १२ वर्ष अवधिको लागि ६० रुपैयाँ, १५ वर्ष अवधिको लागि ६० रुपैयाँ, १८ वर्ष अवधिको लागि ६५ रुपैयाँ, २० वर्ष अवधिको लागि ७० रुपैयाँ र  २५ वर्ष अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सामुहिक सावाधिक, नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा भविष्य निधी (प्लान ६,१८,२१,२५,२७) बीमालेखको हकमा प्रति हजार ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

Advertisment

थप समाचार