Below Menu
Below Menu

तीन बैंकसहित सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन बैंकसहित सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : विभिन्न सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अनित्म दिन रहेको छ । कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरणका लागि भोलि अर्थात पसर १९ गते बुक क्लोज गर्दै छन् । 

जस अनुसार आजसम्म कायय भएका शेयरधनीहरुले मात्र लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, नेपाल टेलिकम (एनटिसी), शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त र बुटवल पावरको लाभांश पाउनेछन् । 

लक्ष्मी सनराइज बैंकले पुस २६ गते बिहीबार २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा  अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै मुक्तिनाथ विकास बैंकले पुस २८ गते १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजे शुरु हुनेछ । सभाले बैंकले वितरण गर्न लागेको हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । 

बैंकले हाल कायम चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.५१३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरकेो थियो ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको ६.४० प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते साधारणसभा बोलाएको छ । उक्त सभा लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा हुनेछ ।

त्यसैगरी, एनटिसीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग,  काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारिर गर्न पुस २७ गते शुक्रबार साधारणसभा बोलाएको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।

त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते ११ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बेस्ट रिसोर्ट नेपाल प्रालि, लेकसाइड पोखरामा हुनेछ । सभाले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बुटवल पावरले गत आवको मुनाफाबाट शेयरभनीहलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त सभाले ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार