काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुधबार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनसपछिको शेयरमूल्य १८१ दशमलव ५९ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १९४ दशमलव ३० रुपैयाँमा भएको थियो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनसपछिको मूल्य ३७१ दशमलव ७५ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । बैंकको अन्तिम कारोबार ४०८ रुपैयाँमा भएको थियो ।
नेप्सेले शिवम् सिमेन्ट्सको १४.२५ प्रतिशत बोनसपछिको मूल्य ५१७ दशमलव २९ रुपैयाँमा समायोजन गरेको छ । कम्पनीको अन्तिम कारोबार ५९१ रुपैयाँमा भएको थियो ।
Advertisment