Below Menu
Below Menu

अन्तर बैंक ब्याजदर ३ प्रतिशत नाघ्यो, बढ्न थाल्यो कर्जा लगानी 

अन्तर बैंक ब्याजदर ३ प्रतिशत नाघ्यो, बढ्न थाल्यो कर्जा लगानी 

काठमाडौं : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत नाघेको छ । राष्ट्र बैंकले गत मंसिर ६ गतेदेखि निरन्तर रुपमा निक्षेप संकलन गर्न थालेपछि अन्तर बैंक ब्याजदर बढ्न थालेको हो ।

केही समयअघिदेखि बैकिङ प्रणालीमा निरन्तर रुपमा निक्षेप थपिदै गएपछि घट्दै गएको बैंकदर बढ्न थालेको हो । लामो समयदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि केही मात्रामा बढ्न थालेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । पुस १७ गते मंगलबारसम्म वाणिज्य बैंकहरुको निक्षेप ५३ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगनाी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ भने अन्थ बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ८२ अर्ब रुपैयाँ लगनाी गरेका छन् । 

बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८०.९ प्रतिशत रहेको छ ।  
 

Advertisment

थप समाचार