Below Menu
Below Menu

गरिमा क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

गरिमा क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : गरिमा क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। पौष २५ गते बुधबार कम्पनीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो। 

साधारण सभाले  आव २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ। 

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको  जिज्ञासाहरुको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए। 

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ  ।

Advertisment

थप समाचार