Below Menu
Below Menu

मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षमा सीताराम काफ्ले र प्रबन्ध सञ्चालकमा भरतराज ढकाल चयन

मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षमा सीताराम काफ्ले र प्रबन्ध सञ्चालकमा भरतराज ढकाल चयन

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षमा सीताराम काफ्ले चयन भएका छन् । कम्पनीको पौष २५ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले सञ्चालकमा ५ जना निर्वाचित गरेको थियो । 

नवनिर्वाचित सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् । त्यस्तै, संस्थापक संस्थागत कम्पनी मुक्तिनाथ विकास बैंकको तर्फबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका थिए ।

यससँगै पुस २६ गते बसेको नव निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, सञ्चालक भरतराज ढकाललाई ४ वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको छ।

मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन समेत गरिसकेको छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिँदै आइरहेको छ ।

 

Advertisment