काठमाडौं : नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरि ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लुघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७९÷०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी रु. ३३३१६१८२०४ को १४ दशमलव २५ प्रतिशतले हुने रु. ४७४७५५५९४ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रु २४९८७१३६ गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम रु. ४९९७४२७३० वितरणका लागि प्रस्ताव पारित गरिएको छ ।
बोनस शेयर पारित भएसंगै लघुवित्तको कुल चुक्ता शेयर रकम रु. ३८०६३७३७९८ पुगेको छ । देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । दलित ११%, जनजाती ३९% र अन्यको ५०% रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ । आवद्ध सहकारी संस्थाहरूले रु. ६ करोड ५८ लाख ७६ हजार ५ सय ८५ हजार बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर मिति २०८० असार २४ गतेबाट कारोवार सञ्चालन भएपश्चात यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खेम बहादुर पाठकले साना किसान लुघवित्त मार्फत सञ्चालन भएका कार्यक्रम मार्फत ग्रामीण अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुगेको बताए । उनले आर्थिक सामाजिक र सचेतनाको रुपान्तरणमा साना किसान सदैव अग्र भागमा रहेर काम गरिरहेको भन्दै सरकार र सरोकारवाला निकायहरुसँगको सहकार्यलाई अझै बढाउँदै आर्थिक समृद्धिको बाटोमा आगडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष पाठकले संस्थामार्फत प्रवाह हुने सेवालाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै जाने बताए ।
यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले अर्थतन्त्र सुधारका लागि साना किसानहरुको ठूलो योगदान रहने बताए । उनले आयत कम गर्न साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने तर्क गरे । प्रविधिको प्रयोगमार्फत साना किसानहरुको आय आर्जन बढाउँदै युवाहरुलाई कृषि तथा पशुपालनमा आकर्षण गर्न सके मात्र देशको अर्थतन्त्र सुधार हुने उनको धारणा थियो ।
आर्थिक उपार्जन मात्र नभएर सचेतनाको विकासमा पनि साना किसानहरुको योगदान स्मरणीय रहेको भन्दै उनले आगमी दिनमा किसानहरुको हितका लागि संस्थाले विभिन्न सहुलियतपूर्ण प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास समेत दिलाए ।
कार्यक्रममा देशभरबाट करिव ५ सय भन्दा बढि साना किसान, शेयर सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Advertisment