काठमाडौं : ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन ६ गतेबाट खुला हुने भएको । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीलाई निष्कासन गरेको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
एक करोड ४५ लाख ७३ हजार ५२८कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ ।
कम्पनीको संस्थापकको १ करोड ४४ लाख कित्ता शेयर, स्थानीय बासिन्दाको एक लाख ३ हजार ६०० कित्ता र कर्मचारीको ६९ हजार ९२८ कित्ता शेयरमा लकइन अवधि सकिन लागेको हो ।
लकइन अवधि सकिएपछि कुल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता शेयर बजारमा थपिनेछ ।
लकइन पिरियड सकिन लागेसँगै अब आयोजना प्रभावित स्थानीय बासिन्दा, संस्थापक शेयरधनी र कर्मचारीले आफ्नो सेयर बिक्री गर्न पाउने भएको कम्पनीले जनाएको छ ।
यसका साथै सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
Advertisment