Below Menu
Below Menu

३२.१९ प्रतिशत बढ्यो कामना सेवा बैंकको नाफा, खराब कर्जा ३.४२ प्रतिशत

३२.१९ प्रतिशत बढ्यो कामना सेवा बैंकको नाफा, खराब कर्जा ३.४२ प्रतिशत

काठमाडौं : कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १९ करोड ५९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिसन र संचालन नाफा बढेको छ । पुस मसान्तसम्ममा बैंकको नेट फि तथा कमिसन २५.६६ प्रतिशत बढेर १२ करोड ३२ लाख र संचालन नाफा ३२.२४ प्रतिशत बढेर २१ करोड १९ लाख ९७ हजार रुपैयाँ पुगेकोछ ।

बैंकको वितरण योग्य नाफा १७ करोड ४५ लाख २७ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ छ । त्यस्तै बैंकको निक्षेप संकलन पनि ५.२८ प्रतिशत वृद्धि भई ५६ अर्ब २९ करोड ६४ लाख पुगेको छ । कर्जा प्रवाह ०.३० प्रतिशत वृद्धि भई ४३ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगेको छ ।यस अवधिमा बैंकको खराब कर्जा पनि सुधार भएको छ ।

गत वर्षको दोस्रो त्रैमासमा ३.७० प्रतिशत रहेको यस्तो कर्जा ३.४२ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी (इपीएस) ३ रुपैयाँ ४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ भने प्रतिसेयरनेटवर्थ १५१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

Advertisment

थप समाचार