काठमाडौं : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा बैंकको वित्तीय अवस्था खस्किएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् ।
बैंकको खुद नाफा २१.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै बैंकको खराब कर्जा ८५.८१ प्रतिशत विन्दुले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा १.४१ प्रतिशत रहेको खराब कर्जा बढेर २.६२ प्रतिशत पुगेको हो ।
बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । यता बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसाले घटेर १३ रुपैयाँ ८६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ ।
Advertisment