काठमाडौं : नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ११.५१ प्रतिशत बढेर ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी ९ करोड ४७ लाख २२ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा ७ करोड ३५ लाख रुपैयाँ, कुल नाफा ९ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनीको १ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी र १२ करोड ६६ लाख जगेडा कोषमा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.७८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०८.३३ रुपैयाँ छ ।
Advertisment