Below Menu
Below Menu

एनआईसी एशियाको खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा ५९ करोड ऋणात्मक

एनआईसी एशियाको खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा ५९ करोड ऋणात्मक

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकको नाफा ४१.८४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि २४.१३ प्रतिशतले घटेको छ । 

त्यस्तै बैंकको खराब कर्जा बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ।

Advertisment

थप समाचार