काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६.२८ प्रतिशतले कम हो । जबकी गत आवको पुस मसान्तसम्म बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा प्रभावित भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५.७५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ ।
गत आवको सोही अवधिमा १.४६ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर १.२० प्रतिशतमा सीमित भएको छ । समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको सोही अवधिमा २८.२६ रुपैयाँ रहेको बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३.६८ पैसामा झरेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ ।
Advertisment