Below Menu
Below Menu

प्रभु बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब ऋणात्मक, खराब कर्जा ४.९० प्रतिशत

प्रभु बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब ऋणात्मक, खराब कर्जा ४.९० प्रतिशत

काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षमा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँमा सिमित भएको छ ।

बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको हो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खराब कर्जा २.९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष ४२ करोड ६७ लाख ४९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म आईपुग्दा प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ ।

Advertisment

थप समाचार