१४.३१ प्रतिशतले घट्यो नाफा
काठमाडौं : कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले पुस मसान्तसम्म ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ करोड १८ लाख ३४ हजार रुपैयाँ ऋणात्मक रहको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन आम्दानी ५.०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड ३५ लाख १७ हजार रुपैयाँ छ ।
बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यस्तै बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
Advertisment