Below Menu
Below Menu

२७.६२ प्रतिशतले घट्यो एनएमबि बैंकको नाफा

२७.६२ प्रतिशतले घट्यो एनएमबि बैंकको नाफा

काठमाडौं : एनएमबि बैंकको खुद नाफा २७.६२ प्रतिशतले घटेको छ ।

बैंकले आज प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।

यता सञ्चालन नाफा पनि २८.०३ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख ४७ हजार रुपैयाँमा आएको छ । बैंकको खराब कर्जा ०.६२ प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले घटेर १४ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा भने ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक छ ।

Advertisment

थप समाचार