Below Menu
Below Menu

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ८५ रुपैयाँसम्म पाइने 

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ८५ रुपैयाँसम्म पाइने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट माघ ३ गते स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ५६ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमा योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, सावधिक जीवन बीमा (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) योजनामा प्रतिहजार ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमा (जीवन समुन्नत) अन्तर्गतको योजनामा प्रतिहजार ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख (जीवन सहारा) योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा अग्रिम भुक्तानी सावधिक –जीवन सम्बृद्धि) योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँसम्म कायम गरेको छ ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन वर्षा –१५ वर्ष, धन वर्ष –२० वर्ष, नौलो जीवन सम्बृद्धि, नौलो धन वर्ष, जीवन उन्न्ति, छोराछोरी र सदाबहार जीवन) बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँसम्म र अन्य (जीवन सारथी) योजनामा न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । 

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार