Below Menu
Below Menu

झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा चार अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा चन्द्रागिरी हिल्स लिमिटेड रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार