Below Menu
Below Menu

खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, छ महिनामा कमायो ७७ लाख बढी 

खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, छ महिनामा कमायो ७७ लाख बढी 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३०२८.७६ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिसम्ममा संस्थाले २ लाख ४७ रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण लघुवित्तको खुद नाफा बढेको हो । यसका साथै संस्थाको खराब कर्जा घटेका कारण पनि नााफामा उछाल आएको हो ।  

गत आवको पुस मसान्तसम्म २ करोड २४ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको यस अवधिमा २ करोड ८९ लाख १७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी २८.७९ प्रतिशत बढेको छ । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा आएको छ ।

त्यस्तै गत वर्षको पुसमा १३ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको सञ्चालन नाफा बढेर यस अवधिमा आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा ७९ लाख ७६ हजारमा पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २४ पैसा रहेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा रहेको छ ।

 

Advertisment

थप समाचार