काठमाडौं : चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले पुस २९ गतेदेखि सम्बन्धित शेयधरनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा लाभांश जम्मा गरिएकोकम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
Advertisment