Below Menu
Below Menu

प्राधिकरणद्वारा ‘आईआरएमआईएस’ सम्बन्धी मार्गदर्शनः सबै बीमकको सूचना एउटै पोर्टलमा 

प्राधिकरणद्वारा ‘आईआरएमआईएस’ सम्बन्धी मार्गदर्शनः सबै बीमकको सूचना एउटै पोर्टलमा 

काठमाडौं  : नेपाल बीमा प्राधिकरणले बिमा प्राधिकरणले इन्सुरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्भफरमेसन सिष्टम (आईआरएमआईएस पोर्टल) सम्बन्धी मार्गदर्शन २०८० जारी गरेको छ । 

प्राधिरकणले बीमकसँगको सूचना तथा तथ्यांक एवं कामलाई प्रभावकारी तथा पारदर्शिता बनाउन उक्त प्रणाली प्रयोगमा ल्याएको हो । प्राधिकरणले बीमा तथा पुनर्बिमा कम्पनीहरुलाई आईआरएमआईएस पोर्टलमा जोडिनुपर्ने अनिवार्य व्यवस्था गरेको हो ।

आइआरएमाइएस प्रणालीको प्रयोगमा हुन सक्ने जोखिम हटाउन र यसको प्रयोगका लागि बीमकलाई जिम्मेवार बनाउने उद्देश्यले प्राधिकरणले मागदर्शन जारी गरेको हो ।

उक्त मागदर्शन अनुसार बीमा कम्पनीहरुले प्राधिकरणले माग गरेका तथ्यांकहरु सोही पोर्टलमा प्रविष्ट गर्नुपर्ने छ । आइआरएमाइएस प्रणालीको प्रयोगका लागि प्रयोगकर्तालाई डिजिटल आइडी उपलब्ध गराउने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणलाई उपलब्ध गराइने सबै खाले विवरण र तथ्यांक बीमकले पोर्टलमा लगइन गरेर आवश्यक सूचना तथा तथ्यांक लिन र दिन दुवै पाउने छन् ।

प्राधिकरणले आईआरएमआईएस पोर्टलबाट प्रविष्ट गरिएको तथ्यांक वास्तविक नभएमा वा गतल तथ्यांक प्रविष्ट गरेमा प्राधिकरणले पोर्टलबाटै हेरेर कारबाही गर्न सक्नेछ ।
 

Advertisment

थप समाचार