काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा चन्द्रागिरी हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment