Below Menu
Below Menu

जीवन बीमा कम्पनीले गरे छ महिनामा सवा ७४ अर्बको व्यापार !

जीवन बीमा कम्पनीले गरे छ महिनामा सवा ७४ अर्बको व्यापार !

काठमाडौं : चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म जीवन बीमा कम्पनहिरुले सवा ७४ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले यस अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ५४ हजार ४८३ बीमालेख बिक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

मंसिर मसान्तको तुलनामा पुस मसान्तसम्म १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । मंसिर मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख ६२ हजार ५५४ बीमालेख बिक्री गरी ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

एक महिना उठाए १२ अर्ब बीमाशुल्क

कम्पनीहरुले चालु आवको पुस महिनामा मात्रै १२ अर्ब बढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार लाख ४२ हजार ६०६ बीमालेख बिक्री गरी १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

जबकी गत मंसिरमा महिनामा बीमा कम्पनीहरुले चार लाख ३३ हजार ६१८ बीमालेख बिक्री गरी १२ अर्ब ३१ करोड ८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

नेपाल लाइफको व्यापार २० अर्ब माथि

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार पुस मसान्तसम्म यस कम्पनीले १२ लाख ३५ हजार ६१६ बीमालेख बिक्री गरी २० अर्ब २ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

गत मंसिर मसान्तको तुलनामा कम्पनीको व्यापार १९.४६ प्रतिशत अर्थात ३ अर्ब २६ करोड २३ लाख रुपैयाँले बढी हो । गत मंसिर मसान्तसम्म कम्पनीले १२ लाख ३० हजार ७१७ बीमालेख जारी गरी १६ अर्ब ७६ करोड ८ लाख रुपैयाँको व्यापार गरेको थियो ।

अन्य कम्पनीको व्यवसाय

यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ७३ हजार ८२७ बीमालेख बिक्री गरी चार अर्ब ७५ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै चालु आवको पुस मसान्तसम्म नेशनल लाइफले १५ लाख ९२ हजार ७७६ बीमालेख जारी गरी ८ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ बीमाशुृल्क संकलन गरेको छ भने लाइफ इन्स्योरेन्स कम्पनीले पनि ८ अर्ब ६२ करोड ६३ लाख रुपैयाँको व्यापार गरेको छ ।

पुस मसान्तसम्म मेट लाइफले दुई अर्ब ६८ करोड ६४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एशियन लाइफले तीन अर्ब ७२ करोड ८८ लाख, आईएमई लाइफले दुई अर्ब १० करोड ८५ लाख रुपैयाँ र सन नेपाल लाइफले एक अर्ब ७८ करोड एक लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुको व्यापार बढेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३२ लाख २० हजार ४३६ बीमालेख बिक्री गरी एक अर्ब ९३ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

यस अवधिमा सिटिजन लाइफले दुई अर्ब ७३ करोड ७६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले चार अर्ब २८ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले दुई अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले ८ अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने प्रभु महालक्ष्मी लाइफले दुई अर्ब तीन करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

लघुबीमाको व्यवसाय साढे दुई करोड

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । पुस मसान्तसम्म कम्पनीहरुले १४ हजार ४१ बीमालेख जारी गरी दुई करोड ५२ लाख ४४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले चार हजार ६५८ बीमालेख जारी गरी ६६ लाख ३५ हजार रुपैयाँ, केष्ट माइक्रो लाइफले ८ हजार ३२ बीमालेख जारी गरी एक करोड ५७ लाख ८४ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ८५१ बीमालेख जारी गरी २८ लाख २६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 
 

Advertisment

थप समाचार