नयाँ स्टकबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय  

नयाँ स्टकबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय  

काठमाडौं : सरकारले नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहे/नहरेको विषयमा अध्ययन गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ ।

बैठकले शिवाकोटीको नेतृत्वमा एक कानुन व्यवसायी र अर्का चाडर्ट एकाउन्टेन्ट रहने गरी समिति गठन गरेको हो ।
यसका साथै सरकारले राजस्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातको आधारमा तेस्रो किस्ता र २०८० चैत मसान्तसम्म संकलन हुने राजस्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

 

थप समाचार