Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित पुवा खोला वान हाइड्रोपावर डाक्यो साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित पुवा खोला वान हाइड्रोपावर डाक्यो साधारणसभा 

काठमाडौं : पुवा खोला वान हाइड्रोपावर कम्पनीले सर्वसाधराणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित फागुन ३ गते साधारणसभा बोलाएको छ ।

उक्त सभा युनियन हाउस प्रालि अनामनगरमा बिहान १ज्ञ बजे हुनेछ । सभालेगत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन माथि छलपल गर्ने, लेखापरिक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने र नयाँ परियोजनामा लगानी गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओ जारी गर्दा सर्वसाधारणका लागि बिक्री गरिने शेयर तथा संस्थापक शेयरको अनुपातलाई संशोधन गर्ने, कम्पनीको अधिकृत पुँजी र जारी पुँजी बिक्री गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीद्वारा प्रवद्र्धित आयु मलुन खोला जलविद्युत आयोजना (२१ मेवा) को विद्युत उत्पादन अनुमतिपत्र आयु मोलुङ हाइड्रोपावरको नाममा हस्ताक्षर गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 


 

Advertisment

थप समाचार