काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा सामलिङ पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिटिजन म्युचुअल फण्ड–२ को शेयरमूल्य ५ प्रतितश भन्दा बढीले घटेको छ ।
Advertisment