Below Menu
Below Menu

सरकारले ६.६९ प्रतिशत ब्याजदरमै उठायो एक खर्ब २३ अर्ब बढी आन्तरिक ऋण

सरकारले ६.६९ प्रतिशत ब्याजदरमै उठायो एक खर्ब २३ अर्ब बढी आन्तरिक ऋण

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको माघ ११ गतेसम्ममा एक खर्ब अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.६९ प्रतिशतको ब्याजदरमा नै कूल एक खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो ।

सरकारले यस अवधिमा १६ पटक गरी ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋण उठाएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा सरकारले यस अवधिमा विकास ऋणपत्र मार्फत सस्तो ब्याजरमा ऋण उठाएको हो । गत आवमा सरकारले औसत ८.६४ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो । 

Advertisment

थप समाचार