Below Menu

रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात माघ १५ गते बुकक्लोज गर्दैछ।

जस अनुसार आजसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते, सोमबार, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

 

थप समाचार