Below Menu
Below Menu

साढे तीन अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, पाँच कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 

साढे तीन अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, पाँच कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले १४ लाख २१ हजार ७६ बीमालेख बिक्री गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

गत मंसिर मसान्तसम्मको तुलनामा कम्पनीहरुको व्यवसाय साढे तीन अर्ब रुपैयाँले बढेको छ । मंसिर मसान्तसम्म कम्पनीहरुले ११ लाख ६१ हजार २५९ बीमालेख बिक्री गरी १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । 

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा एक लाख ५० हजार ७२२ बीमालृख बिक्री गरी २ अर्ब ४५ करोड ७ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

त्यस्तै, दोस्रोत्रैमास गरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा एक लाख ४८ हजार ९२ बीमालेख बिक्री गरी दुई अर्ब ३४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्म एक लाख ५३ हजार ८४४ बीमालेख बिक्री गरी एक अर्ब ९७ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने नेको इन्स्योरेन्सले पुस मसान्तसम्म एक अर्ब ६१ करोड २९ लाख रुपैयाँ बराबरको बीमा व्यवसया गरेको छ ।

त्यसैगरी हिमालयन एभरेष्टले यस अवधिमा एक अर्ब ६७ करोड ७४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ त्यस्तै, आईजीआई प्रुडेसिन्यलले एक अर्ब ६६ करोड १२ लाख, युनाइटेड अजोडले एक अर्ब ३० करोड ६४ लाख र एनएलजीले एक अर्ब २५ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुलक संकलन गरेका छन् । 

पाँच कम्पनी पुगेनन् अर्ब क्लबमा

बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बीमा कम्पनीहरुको विजनेश पनि घट्दै गएको हो । केही सिमित कम्पनीले अर्ब भन्दा माथिको व्यवसाय गर्दा पाँच कम्पनी अझै अर्ब क्लवमा पुग्न सकेका छैनन् ।

पुस मसान्तसम्म नेपाल इन्स्योरेन्सले ७५ करोड २ लाख २८ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ६१ करोड ५५ लाख ७१ हजार रुपैयाँ, दि ओरियन्टलले ९३ करोड ५१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले ९० हजार ३३१ बीमालेख बिक्री गरी ६९ करोड ३३ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु इन्स्योरेन्सले ९६ करोड ९८ लाख लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

लघुबीमाको व्यवसाय साढे चार करोड

पुस मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका तीन लघुबीमा कम्पनीहरुले साढे चार करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले २० हजार ३७३ बीमालेख जारी गरी चार करोड ५० लाख ६७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले दुई करोड ३७ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले एक करोड ६५ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४७ लाख ८८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो । 


 

Advertisment

थप समाचार