काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्षको पुससम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको लगानी तथा ब्याज वापतको आम्दानी बढेका कारण नाफामा वृद्धि भएको हो ।
गत आवको पुस मसान्तसम्म ३४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी यस वर्षको सो अवधिमा ६३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी नै बढ्न गएको छ ।
समिक्षा अवधिमा कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२.३३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क एक अर्ब ९९ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी एक अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । गत वर्षको पुसको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो ।
पुस मसान्तसम्म कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ भनेकम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ दशमलव ७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।
Advertisment