काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १९ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १९ अर्ब १९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ६ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो हो । बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी २०८१ बैशाख १८ गते, १८२ दिन अवधिको ट्रेजरी २०८१ साउन १५ गते र ३६४ दिन अवधिको २०८१ माघ १५ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि राष्ट्र बैंकले ५ अर्ब अर्ब रुपैयाँ बराबरको २८ दिने र ४९ करोड रुपैयाँ बराबरको ९१ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेको थियो भने ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको थियो ।
Advertisment