काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।
रिलायबल नेपाल लाइफले साधारणसभा तथा लाभांश वितरण र अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अघिल्लो दिनको कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार रिलायकल नेपाल लाइफको १६ प्रतिशत बोनसपछिको शेयरमूल्य ४९७ दशमलव ८४ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५७७.५० रुपैयाँमा भएको थियो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर पछिको शेयरमूल्य १९० दशमलव १० रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । अरुण भ्यालीको अन्तिम कारोबार २८० दशमलव २० रुपैयाँमा भएको थियो ।
Advertisment