Below Menu
Below Menu

श्वेत–गंगा हाइड्रोपावर ‘लक इन’ फागुन २ गते सकिने, ३८ लाख बढी कित्ता शेयर थपिदै 

श्वेत–गंगा हाइड्रोपावर ‘लक इन’ फागुन २ गते सकिने, ३८ लाख बढी कित्ता शेयर थपिदै 

काठमाडौं : श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन २ गतेबाट सकिने भएको छ  । कम्पनीले संस्थापक शेयरधनीको रुपमा रहेका विदेशी लगानीकर्ताको रुपमा रहेको डोल्मा ईम्प्याक्ट १ को नाममा शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । 

संस्थाको आधिकारिक प्रतिनिकिो रुपमा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा ईम्प्याक्ट – १ को ३८ लाख ५१ हजार कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ ।लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीद्वारा जारी सूचनामा भनिएको छ ,‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) र १ (क) बमोजिम उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति शेयर रू। १०० दरका ३८,५१,००० कित्ता शेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन अवधि मिति २०८०/११/०२ बाट समाप्त हुने व्यहोरा लगानीकर्ता संस्था तथा अन्य सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
 

Advertisment

थप समाचार