काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा प्राथकिम शेयर (आईपीओ) जारी गर्ने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।
उक्त सभा फागुन ६ गते आइतबार होटल एअरपोर्ट विराटनगर, मोरङमा हुनेछ । सभाले गत आवको लेखापरिक्षकको प्रतिवेदन सहित वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरिक्ष्क नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने र आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
Advertisment