काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत पुस मसान्तसम्म बीमाशुल्क भुक्रानी गर्नुपर्ने मितिले ६ महिना जाघेका –पूर्ण व्यतित) बीमालेखहरुमा छुट दिने भएको हो ।
इन्स्यारेन्सले उक्त बीमालेखहरुमा माघ १५ गतेदेखि फागुन २५ गतेसम्ममा नविकरण÷पुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।
कम्पनीका अनुसार ५ वर्षदेखि माथिमा व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत छुट दिने भएको हो ।
यसका साथै २ वर्ष भन्दा कम परिपक्क अवधि बाँकी भएका बीमालेखमा भने छुट नदिने कम्पनीले जनाएको छ । एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट नदिने समेत कम्पनीले जनाएको छ ।
Advertisment