काठमाडौं : बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा थप एक जनालाई सीआईबीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उक्त प्रकरणमा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर लाई पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोप ठाकुरसहित तीन जना पक्राउ परेका छन् । यस अघि सीआईबीले व्यवसायी अरुण चौधरीलाई काठमाडौंको लैनचौरबाट र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापालाई बत्तिसपुतलीबाट पक्राउ गरिसकेको छ ।
सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।
छालाजुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो कम्पनीको नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।
Advertisment