युनिक नेपाल लघुवित्तको नाफामा उछाल, इपीएस पनि बढ्यो 

युनिक नेपाल लघुवित्तको नाफामा उछाल, इपीएस पनि बढ्यो 

काठमाडौं : युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा तीन करोड ३२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ११८.८२ प्रतिशतले बढी हो । गत वर्षको पुससम्म कम्पनीले एक करोड ५१ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको सञ्चालन नाफा बढेका कारण नाफा बढेको हो । पुस मसान्तसम्म कम्पनीको सञ्चालन नाफा १३०.५८ प्रतिशतले बढेर ४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । 

यस अवधिमा कम्पनीको खराब कर्जा बढेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ७.३७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । त्यस्तै संस्थाको ब्याज आम्दानी भने घटेको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.८३ प्रतिशतले घटेर १ज्ञ करोड ८१ लाख रुपैयाँमा सिमित भएको  गत वर्षको सोही अवधिमा १३ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। 

पुस मसान्तसम्म लघुवित्तको प्रतिशेयर आम्दानी भने ८.६३ रुपैयाँले बढेर २२ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२५.६४ गुणा रहेको छ ।

थप समाचार