काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५.१४ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाको खराब कर्जा र इम्पेरिमेन्ट चार्ज बढ्दा लघुवित्तको खुद नाफा घट्न पुगेको हो । यद्यपि संस्थाको ब्याज आम्दानी भने सामान्य बढेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.८७ प्रतिशत पुगेको छ । जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज पनि ४ करोड ५४ लाख रुपैयाँबाट बढेर ५ करोड २ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.१७ प्रतिशतले बढेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी ११.०८ प्रतिशत बढेको भने लघुवित्तको खुद सञ्चालन आम्दानी समीक्षा अवधिमा २.३९ प्रतिशत र सञ्चालन मुनाफा ३.१५ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्म लघुवित्तको प्रतिशेयर आम्दानी भने ९ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.१५ गुणा र प्रतिशेयर नेटवर्थ १४९.२२ गुणा रहेको छ ।
Advertisment