Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सले कमायो करिब ३३ करोड नाफा, इपीएस कति ? 

सन नेपाल लाइफ इन्स्योरेन्सले कमायो करिब ३३ करोड नाफा, इपीएस कति ? 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.२२ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले एक अर्ब ७७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.४३ प्रतिशतले कम हो । गत वर्षको पुस मसान्तसम्म इन्स्योरेन्ले एक अर्ब ९६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

पुस मसान्तसम्म आइपुग्दा गत वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.१३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले एक अर्ब ५८ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

तीन अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा एक अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित गरेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १२ करोड ३५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २०.५२ रुपैयाँ रहेको छ भने  प्रतिशेयर नेटवर्थ १८७.०४ रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार