काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले हुन आउने १२ करोड ८२ लाख १० हजार ८छ३ दशमलव ७२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
दुई कम्पनी मर्ज भई २०७८ चैत १९ गतेबाट एकिकृत कारोबार शुरु गरेका कारण हुँदा एकिकृत कारोबार भएको २ वर्षसम्म लाभांश करमा छ्ट हुने व्यवस्था रहेको हुँदा बोनस शेयरको कर प्रपोजनका लागि नगद लाभांश नछुट्याएको कम्पनीले जनाएको छ ।
उक्र प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।
यसका साथै लघुवित्त हाल एफपीओ निष्काशनको प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजभन्दा अगावै उक्त शेयर समायोजन भएमा समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित बोनस शेयर वितरण गरिने लघुवित्तले बताएको छ।
Advertisment