Below Menu
Below Menu

दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले घटायो नोक्सानी 

दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले घटायो नोक्सानी 

काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत  आवको सोही अवधिमा २ करोड ४० लाख रुपैयाँ नोक्सानीमा रहेको संस्थाले पुस मसान्तसम्म आइपुग्दा नोक्सानी घटाएको हो । यस अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढेको हो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १२.०२ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ०.७५ प्रतिशत बढेको छ । यस अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ८ करोड १७ लाख रुपैयाँबाट घटेर २ करोड ५३ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने ३.९१ प्रतिशतबाट बढेर ९.६३ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म संस्थाको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।
 

Advertisment

थप समाचार