Below Menu
Below Menu

६२.९३ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा, कस्ता देखिए अन्य सूचक ?

६२.९३ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा, कस्ता देखिए अन्य सूचक ?

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ६२.९३ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्ष सोही अवधिसम्म १४ करोड ५२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५९.७३ प्रतिशतले बढेको छ । दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

कम्पनीको चुक्तापुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ३३ करोड १३ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३१ करोड ९४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड २८ लाख रुपैयाँ थियो । 

कम्पनीको जीवन बीमा कोषको आकार पनि २६.६८ प्रतिशतले बढेर ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अघिल्लो वर्ष यही अवधिसम्म अन्य इक्विटीमा १ अर्ब १७ करोड २३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब १८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको ईपीएस बढेर १०.४१ रुपैयाँ कायम भएको छ । पीई रेसियो ५१.८७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.१५ रुपैयाँ छ ।

Advertisment

थप समाचार